अर्थतन्त्र रिकभर गर्न नीतिगत सुधार आवश्यक, एमसीसी आउनुपर्छः गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोना महामारीका कारण परेको अर्थतन्त्र सुधारका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको र रिकभरीका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताए ।

उनले साना र मझौला उद्योगी व्यवसायीहरू समस्यामा परेको र ठूला उद्योगीहरु अहिले तंग्रिन थालेको भन्दै यसमा ध्यान दिनुपर्ने बताए ।

उनले एमसीसी परियोजना कार्यान्वयनमा आउनुपर्ने समेत बताए । एमसीसी यत्तिकै रोकेर राख्दा विकासको गति सुस्त हुने भन्दै एमसीसी कार्यान्वयन हुनुपर्ने बताए ।


क्लिकमान्डु