
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलतामा देखिएको समस्या समाधानमा आफूहरु लागेको बताएका छन् ।
बुधबार नाफिजले गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विश्वभरनै मूल्यवृद्धिमा चाप बढ्दा तरलतामा समस्या देखिने गरेको बताउँदै आफूहरुले व्यवस्थापन गरिरहेको बताए ।
‘व्याजदरमा हामीले बैंहरूलाई प्रेसर दिएका छैनौं । जसरी लघुवित्तलाई व्याजदरको सीमा दिएका छौं । बैकहरूले स्वविवेक प्रयोग गर्न सक्छन् । सिडि रेसियो निर्धारणले वृत्तीय संस्था जोगिएका छन्,’ उनले भने ।
प्रतिक्रिया