३ महिनामा वैदेशिक शिक्षाका लागि बाहिरियो करिब ९ अर्ब रुपैयाँ



काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका साथमा चालु आवको तीन महिनामा करिब ९ अर्ब रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तीन महिनाको तथ्यांक अनुसार यस अवधिमा शिक्षाका लागि मात्रे ८ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ ।
कुनै पनि विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाँदा कम्तीमा ६ महिनाको ट्युसन फि एनओसी लिएर भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसबाहेक पनि विद्यार्थीहरुले थप शुल्क बाहिर पठाउँछन् ।

गत आवको सोही अवधिमा यस्तो शिक्षाका लागि बाहिरिने रकम ४ अर्ब ४३ करोड रुपैयाँ थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १८३.८ प्रतिशतले वृद्धि भई रु.४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१ अर्ब ४८ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १८७.१ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.८ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.५ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४ अर्ब ४३ करोड रहेको थियो ।


क्लिकमान्डु