विकास बैंक र फाइनान्स कम्पनीमा ब्याजदरमा भद्र सहमति



काठमाडौं । वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदरमा एकल अंकमा राख्न सहमति नभएपनि विकास बैंक र फाइनान्स कम्पनीका सीइओहरुले भने सहमति गरेका छन् ।

विकास बैंकका सीइओहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसियनले एकवर्षको मुद्दति निक्षेपको ब्याजदर १०.२५ प्रतिशत दिने सहमति भएको हो ।

विकास बैंकबीच राष्ट्रिय स्तरको विकास बैंकले एकवर्ष मुद्दति निक्षेपको ब्याजदर १०.२५ प्रतिशत तोक्ने र क्षेत्रिय स्तरका विकास बैंकले १०.३० प्रतिशत तोक्ने सहमति भएको छ ।

‘वाणिज्य बैंकको भन्दा ०.२५ प्रतिशत ब्याजदर बढी राष्ट्रिय स्तरको लिने सहमति भएको छ, विकास बैंकले वाणिज्य बैंकले जस्तो ब्याजदर बढाउन कहिलेपनि प्रतिस्पर्धा गरेका छैनन्,’एक विकास बैंकका सीइओले भने ।

यस्तै फाइनान्स कम्पनीको संस्था नेपाल वित्त संघले एकवर्ष अवधीको मुद्दति निक्षेपको ब्याजदर १०.३५ प्रतिशत तोक्ने सहमति गरेको एक फाइनान्सका सीइओले जानकारी दिए ।


क्लिकमान्डु