एक महिनाभित्रै ४ जीवन बीमा कम्पनीको लाभांश घोषणा हुने, ६ वटाको एक्चुरी भ्यालुएसन स्वीकृत



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न लागेको बेला बीमा कम्पनीले पनि लाभांश घोषणा गर्ने तयारी थालेका छन् ।

जीवन बीमा कम्पनीले भने आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई लाभांश र बीमितको लागि नयाँ बोनसदर सार्वजनिक गर्न लागेका छन् ।

जीवन बीमा कम्पनीको लाभांश घोषणा गर्नका लागि एक्चिुरीको भ्यालुएसन गर्नुपर्छ । नेपालमा एक्चुरी नभएको कारण बीमा कम्पनी र बीमा समितिलाई एक्चिुरी गराउनको लागि भारतीय कम्पनीको भरपर्नुपर्ने बाध्यता छ ।

बीमा समितिका अनुसार मेटलाइफ इन्स्योरेन्स, महालक्ष्मी, रिलायन्स, ज्योति र प्राइम लाइफको एक्चुरी भ्यालुएसन स्वीकृत भइसकेको छ ।

जसमा महालक्ष्मी लाइफले सर्वसाधारणलाई सेयर जारी गरेको छैन । प्राइम लाइफले २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

रिलायन्स र ज्योति लाइफ इन्स्योरेन्सले हालै मात्र सर्वसाधारणलाई आइपीओ जारी गरेका थिए । नयाँ कम्पनीको रुपमा रहेका रिलायन्स र ज्योति लाइफले एक्चुरी स्वीकृतिपछि सेयरधनीलाई समेत लाभांश बाँड्न सक्छन् ।

‘अरु कम्पनीको एक्चुरी भ्यालुएसनपनि सक्ने प्रक्रियामा रहेको हुँदा पुससम्ममा अरु कम्पनीको लाभांश आउने देखिन्छ,’ बीमा समितिले स्रोतले भन्यो ।

यसबाहेक निर्जीवन बीमा कम्पनीहरु पनि बीमा समितिमा वित्तीय विवरण स्वीकृतिलाई गएका छन् ।


क्लिकमान्डु