एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सीइओ, खालिङले सम्हाले कार्यभार



काठमाडौं । एभरेष्ट बैंकमा सुदेश खालिङले प्रमुख प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । शुक्रबारदेखि एभरेष्ट बैंकमा सीइओ जिम्मेवारी खालिङले लिएका हुन् ।

एभरेष्ट बैंकले स्थापनाको दुई दशकपछि पहिलो पटक नेपाली व्यक्तिलाई सीइओको जिम्मेवारी दिएको हो ।

खालिङले लक्ष्मी बैंकमा पनि सीइओको रुपमा काम गरेका छन् । लक्ष्मी बैंकबाट ४ वर्षको सीइओको कार्यकाल पुरा गरेपछि खालिङ सिटिजन्स बैंकमा सञ्चालक भएका थिए ।

सिटिजन्समा सञ्चालक भएको बेला एभरेष्टमा खालिङको नियुक्ति भएको थियो ।

राष्ट्र बैंकले लगाएको कुलिङ पिरियडको कारण नियुक्त भएको ६ महिनापछि खालिङले सीइओको रुपमा शुक्रबारदेखि पद सम्मालेका हुन् ।

खालिङसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेको अनुभव छ ।


क्लिकमान्डु