एकैदिन ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार १ सय रूपैयाँ तोकिएको छ ।    

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रूपैयाँ कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ रूपैयाँले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला १ हजार १४० रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज प्रतितोला १ हजार १६५ रूपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।


क्लिकमान्डु