प्रणालीबाट बाहिरिएको ४८ अर्ब भदौमा फर्कियो, ३० अर्ब रुपैयाँ आउन बाँकी



काठमाडौं । बैंकिङ प्रणालीबाट साउन महिनामा करिब ८० अर्ब रुपैयाँ बाहिरीएको थियो ।

जसबाट बैंकहरुले पौने ४८ अर्ब रुपैयाँ प्रणालीमै फर्किएको छ ।

वाणिज्य बैंकहरुले गत असार मसान्तमा संकलन गरेका निक्षेपबाट साउन मसान्तसम्म ७७ अर्ब ९२ करोड रुपैयाँ बहिरीएको थियो । भर्दा महिनामा आइपुग्दा ४७ अर्ब अर्ब ७५ करोड रुपैयाँ बैंकहरुले थप निक्षेप संकलन गरेका हुन् ।

साउन महिनामा वाणिज्य बैंकहरुबाट बाहिरीएको निक्षेपमा अझै ३० अर्ब १७ करोड रुपैयाँ प्रणाली फर्किन बाँकी रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

संघद्वारा उपलब्ध तथ्यांकअनुसार गत असार मसान्त वाणिज्य बैंकहरुले ४२ खर्ब २० अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । साउन मसान्तमा आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४१ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ सीमित भएको थियो । तर भर्दा मसान्तमा आइपुगदा बैंकहरुको निक्षेप संकलन ४१ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी कर्जा तर्फभने वाणिज्य बैंकहरुले साउन मसान्तमा प्रवाहित कर्जामा भदौ मसान्तसम्म थप १ खर्ब ८ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत साउन मासान्तमा वाणिज्य बैंकहरुले ३७ खर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

भदौ मसान्तसम्म आइपुग्दा ३८ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा वाणिज्य बैंकहरुले ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्लिकमान्डु