डाङ्गोटेको कम्पनीले दैनिक साढे ६ लाख ब्यारेल इन्धन प्रशोधन गर्ने



एजेन्सी । नेपालमा समेत सिमेन्ट उद्योग खोल्ने लक्ष्यका साथ लगानी बोर्डमा प्रस्ताव पेश गरेपनि खानी नपाएको अफ्रिकाको डाङ्गाटे समूहले दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

समाचार एजेन्सी रोयर्टसका अनुसार डाङ्गोटे समूहका प्रमुख रहेका अलिको डाङ्गोटेले विश्वका ठूला तेल व्यपारीसँग संवाद गरिरहेका छन् ।
मेगा रिफाइनरी उद्योग स्थापना गर्ने ध्येयका साथ उनले संवादहरु अगाडि बढाएका छन् । नाइजेरियाका अर्बपति व्यापारी डाङ्गोटेले नाइजेरियाको कर्मसियल सेन्टरमा सेप्टेम्बरको दोस्रो सातामा महत्वपूर्ण छलफल गरेका छन् ।

उनको योजना अनुसार काम भएको खण्डमा दैनिक ६ लाख ५० हजार ब्यारेल इन्धन उत्पादन गर्न सफलता मिल्नेछ । त्यो दक्षिण अफ्रिका महादेशकै सबैभन्दा ठूलो तेल रिफाइनरी बन्नेछ ।

एटलान्टिक बेसिनमा रहेको कच्चा तेल व्यवसायका लागि समेत यो काम रणनीतिक महत्वको हुनेछ । अफ्रिका महादेशमै दैनिक ४ लाख ४५ हजार व्यारेल बराबरको इन्धन आयात भइरहेको छ ।तर ती सबै इन्धन आन्तरिक रुपमा प्रशोधन गर्ने भन्दा पनि आयात गरेकै भरमा आपूर्ति गरिएको छ । वर्षौदेखि सोही काम निरन्तर भइरहेको छ ।

कोरोनाका कारण डाङ्गोटेको परियोजनामा भने केही समस्या परेको थियो । उनलाई तरलताको अभाव समेत देखिएको थियो ।

नाइजेरियाको सरकारी तेल फर्म एनएनपिसिले २० प्रतिशत बराबरको हिस्सा रिफाइनरीको खरिदका लागि समेत सहमति जनाएको थियो । त्यसका लागि २.८ विलियन डलर बराबरको जरुरी पर्दछ ।

तर डाङ्गोटेले बाह््य स्रोतबाटै नगद उपलब्ध गर्न सकिन्छ कि भनेर लागिपरेका छन् । एनएनपिसिका प्रमुख मेले क्यारीले अप्रिमेक्स बैंकबाट १ बिलियन बराबरको स्रोत लिएर भएपनि सेयर खरिद गर्ने तयारी भइरहेको बताएका छन् ।

अफ्रिकन अर्बपति डाङ्गोटेले हालसालै मात्र विश्वका ठूला तेल व्यापारीसँग छलफल गरेका थिए । तर, त्यससम्बन्धी विस्तृत जानकारी भने सार्वजनिक हुन सकेको छैन ।

नाइजेरियामा केही समय पहिले मात्रै नयाँ तेल कानून स्वीकृत भएको छ । सो कानून अनुसार घरेलु रुपमा नै तेल प्रशोधन र आयातमा केन्द्रित हुने व्यवस्था गरिएको छ । खासगरी नाइजेरियामा डाङ्गोटे समूहको नै तेल बजारमा एकाधिकार रहेको छ ।

डाङ्गोटेको हातमा रहेको नाइजेरियाको अर्थतन्त्रका विषयलाई लिएर बेला बेलामा मतभेद समेत रहेको छ । डाङ्गोटे समूह इन्धन, खनिजलगायतका क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा समेत उसले सिमेन्ट उद्योगमा लगानी गर्न खोजेको थियो । उपयुक्त खानी नपाएका कारण उनले नेपालमा लगानी गर्न सकेनन् ।


क्लिकमान्डु