नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पाए प्रवल जनसेवाश्री



काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले संविधान दिवसको अवसरमा प्रवल जनसेवाश्री पदक पाएका छन् । सरकारको सिफारिसमा पौड्यालले प्रवल जनसेवाश्री पदक पाएका हुन् ।

पौड्याल ३ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् । नबिल बैंक बैंकहरुमा सबैभन्दा बढी नाफा गरेर आयकर तिर्ने बैंकमा पर्छ ।

पौड्यालले एनएमबि फाइनान्सलाई वाणिज्य बैंकमा स्तरउन्नती गरेका थिए । बैकर्स संघको अध्यक्षको रुपमा समेत भूमिका निर्वाह गरेका छन् । पौड्यालको सोचमा नबिल बैंकले अहिले दीगो बैंकिङलाई प्रवद्र्धन गरेको छ ।


क्लिकमान्डु