ग्रोडेलीबाट सामान किन्दा सिटिजन्स बैंकका ग्राहकलाई छुट
काठमाडौं । ग्रोडेली अनलाइनबाट सामान खरिद गर्ने सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले छुट पाउने भएका छन् । यसका लागि सम्झौता समेत भइसकेको छ । ग्रोडेली अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट पाउने सम्बन्धी सम्झौता भएको हो ।
सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले ग्रोडेलीमार्फत् अनलाइन अर्डर गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्दा छुट पाउनेछन् । ग्रोडेली नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित कम्पनी हो ।
सिटिजन्स बैंकले मोबाइल बैंकिङमा दर्ता नभएका ग्राहकका लागि घरमै बसी निःशुल्क मोबाइल बैंकिङमा दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । सिटिजन्स बैंकको मोबाइल बैंकिङमार्फत् खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डको लागि आवेदन र मुद्दती खाताको आवेदन दिन सकिने जानकारी बैंकले दिएको छ ।