चुनाबपछि कति बढ्ला नेप्से ? विश्लेषक भन्छन्,- १५० अंकसम्म बढ्छ



काठमाडौं । राजनीति र सेयर बजारको एकदमै नजिकको सम्बन्ध हुन्छ । राजनीतिक स्थायित्वले देशमा शान्ति सुरक्षाको प्रत्याभूतिमात्रै गराउँदैन ब्यवसायीक बातावरणको निमार्णसमेत गर्छ । जसकारण सकारात्मक राजनीतिक अवस्था पूँजी बजारको बिकासका लागि पनि अपरिहार्य नै हुन्छ ।

उदाहरणको लागि हाम्रै छिमेकी मुलुक श्रीलङ्का लाई नै हेरौं । श्रीलङ्का सन् २००२ ताका भीषण गृहयृद्धको चपेटामा थियो । त्यो समय कोलम्बो स्टक एक्सचेन्जको सूचक ५०० हाराहारी थियो । त्यसपछि श्रीलङ्काली सरकारले बिद्रोही तमिल टाइगर्ससँग युद्ध बिरामको घोषणा ग¥यो । त्यो समय सूचक १५०० को आसपास पुग्यो ।

संबिधासभाको चुनावपछि पनि सेयर बजार बढको थियो । अहिले पनि लामो समयपछि स्थानीय निकायको निर्वाचन हुँदैछ, यो चुनावले राम्रो म्यासेज गएको छ । त्यसैले दोस्रो चरणको चुनाबसम्ममा डेढ सय अंकसम्म बढ्छ ।

तर, जब श्रीलङ्काको गृहयुद्ध सन् २००९ मा समाप्त भयो तब सेयर बजार आकाश छुन लम्कियो । अहिले कोलम्बो स्टक एक्सचेन्जको सूचक ६५०० को हाराहारी छ ।

स्रोतः नेप्से संसार

नेपालको सन्दर्भमा कुरा गर्दा, नेपाल अहिले दशक लामो सशस्त्र युद्ध द्धारा सिर्जित राजनीतिक संक्रमणको अन्त्य गर्ने बाटोमा लम्केको छ । आगामी बैशाख २१ र जेठ ३१ गते हुन गैरहेको स्थानीय निकायको चुनाव त्यसैको पहिलो र महत्वपूर्ण कडी हो ।

सेयर बजारको आगामी दिनको बिश्लेषण गर्दा पनि स्थानीय निकायको चुनावसँगै जोडेर गर्ने गरिएको छ । चुनावपछि नेप्सेले कस्तो बाटो लिन्छ भनेर आम लगानीकर्तामा निकै चासो रहेको छ ।

चुनाव र सेयर बजारबीचको सम्बन्ध १/२ महिना अघिको घटना क्रमले पनि पुष्टि गर्छ । जब स्थानीय निकायको चुनाव घोषणा भयो, तब १२५० हाराहारीको नेप्से परिसूचक १७५० हाराहारीसम्म पुग्यो । त्यसपछि प्रतिपक्ष र मधेशी दलहरुको अडानका कारण फेरी सुस्तायो । र, अन्तमा चुनावअघिका ३ कारोबार दिनमा भने नेप्सेमा हरियाली छाएको छ ,र कारोबार रकममा समेत बृद्धि हुन थालेको छ ।

सेयर बिश्लेष निरब पुडासैनी चुनावपछि सेयर बजार बढ्नेमा ढुक्क छन् ।

‘चुनाव सफल भयो भने सकारात्मक भाइब्रेन्ट आउँछ र बजार माथि जान्छ,’ पुडासैनीले क्लिकमाण्डूसँग भने,- ‘तर, बजार अलिमाथि गएपछि बजारमा बिक्री चाप बढ्छ । र, बढेको बजार स्थिर चाहीँ नहुनसक्छ ।’

वास्तवमा सेयर बजार बढ्ने वा घट्ने प्रमुख कारण भनेको लगानीकर्ताको मनोबिज्ञान नै हो । सफलतापूर्वक सम्पन्न हुने चुनावले पक्कै पनि लगानीकर्तामा भविष्यप्रति आशाको संचार गराउँछ ।

यसका अलावा मुलुकको वित्तीय अवस्थाले सेयर बजारको बाटो निर्धारण गर्न महत्वपूर्ण भुमिका खेल्छ ।

‘चुनाबको खर्च पनि बजारमा आउँदैछ । नयाँ बजेट आउँदैछ । बजारमा पैसा आएपछि बैंकको व्याजदर घट्छ र, जसले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने गरेका छन् उनीहरु पनि बजार प्रवेश गर्न थाल्छन् । सामान्यतः ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर नै सेयर बजारमा लगानी गर्ने गरेका छन्’ पुडासैनी भन्छन् ।

स्मरण रहोस, वित्तीय बजारमा आएको तरलता अभावको समस्याका कारण नै सेयर बजार १८८१ अंक (हालसम्म कै उच्च बिन्दु) बाट १२५० अंक सम्म झरेको थियो । र, अहिलेसम्म पनि ब्याजदर अपेक्षाकृतरुपमा घट्न सकेको छैन । बचत खातामा नै बैंकहरुले ८ प्रतिशत ब्याज दिइरहेका छन् भने मुद्दति खातामा त झन् १२ प्रतिशत सम्म ब्याज दिइरहेका छन् । ब्याजदर र सेयर बजारको परिसूचकबी सामान्यतः नकारात्मक सम्बन्ध हुन्छ ।

सेयर ब्रोकर नेरेन्द्र सिँजापति पहिलो चरणको चुनावपछि बन्ने नेपाली काङग्रेसको सरकारका कारण पनि सेयर बजार बढ्ने बताउँछन् ।

‘कांग्रसको सरकार हुने वित्तिकै बजारमा सकरात्मक प्रभाव देखिन्छ । यो कुरा विगतले पनि पुष्टि गर्छ,’ सिँजापती भन्छन् ।

हालसम्मको राजनीतिक बातावरण हेर्दा पहिलो चरणको स्थानीय निकायको चुनापपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने लगभग निश्चितजस्तै देखिन्छ ।

बिहिबारमात्रै पनि प्रधानमन्त्री पुष्पकमल दहालले चितवनमा एक चुनावी कार्यक्रममा काङ्ग्रेस सभापतिलाई भावी प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए ।

‘यद्यपि चुनावपछि पनि सेयर बजारलाई बढ्न नदिने कारण पनि छन् । त्यो कारण भनेको बैंकले सहजै कर्जा दिन अझै नसक्नु नै हो । तर पनि पहिलो र दास्रो चरणको चुनावको बीचमा १ सयदेखि डेढ सय अंकजति बढ्ने देखिन्छ’, सिँजापती भन्छन्,- ‘पछिल्लो समय नयाँ मान्छेहरु बजारमा प्रवेस गरिरहेका छन् । र, अर्को कुरा चुनाव सकिएपछि बजार बढ्छ भन्ने हल्लाले पनि बजारलाई प्रभावित बनाइरहेकोछ ।’

सेयर लगानीकर्ता प्रतापजंग पाण्डे पनि चुनावपछि सेयर बजारको बातावरण सकारात्मक नै हुने देख्छन् । चुनावमा हुने औपचारीक र अनौपचारीक खर्चले बजारमा सकारात्मक प्रभाव पार्ने उनको तर्क छ ।

‘दोस्रो चरणको चुनाब सम्ममा डेढ सय अंकसम्म बढ्छ’, पाण्डे भन्छन्,– ‘संबिधासभाको चुनावपछि पनि सेयर बजार बढको थियो । अहिले पनि लामो समयपछि स्थानीय निकायको निर्वाचन हुँदैछ, यो चुनावले राम्रो म्यासेज गएको छ ।’

साथै काठमाण्डौं ब्रोकरहरु पुगेका कारण पनि आगामी दिनमा सेयरको माग उच्च भई बजार बढ्ने उनको बिश्वास छ ।

यस्तो छ, बिगतका चुनाव र नेप्सेको सम्बन्ध

नेपालले लामो लोकतान्त्रीक लडाईं लडेर कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्र ल्याएपनि आबधिक रुपमा चुनाव भने गर्न सकेको छैन । त्यसैले नेपालको लामो लोकतान्त्रीक आन्दोलनमा चुनावको संख्या भने निकै थोरै छ ।

स्रोतः नेप्से संसार

नेप्से सन् १९९३ मा स्थापना भएको हो । त्यो भन्दा पहिले सन् १९९१ मा नेपालमा पहिलो संसदीय चुनाव भएको थियो । त्यसपछि सन् १९९४ मा दास्रो चुनाव भयो, जुन बेला नेप्से भर्खरै मात्र खुलेको थियो ।

त्यसपछि सन् १९९९ मा संसदीय चुनाव भयो । १९९९ को चुनावको मिति घोषणा गरेका बेला नेप्से परिसूचक १७६.४९ अंक थियो । चुनावको मितिका लागि बन्द हुनु भन्दा पहिले नेप्से परिसूचक १९४.०७ अंक पुग्यो भने त्यसको ठ्याक्कै १ बर्षपछि सन् २००० मा नेप्से परिसूचक ३४७.२२ अंक पुग्यो । यसको मतलब चुनाव घोषणा भएको मितिबाट चुनावको मितिसम्म पुग्दा नेप्से परिसूचक १० प्रतिशतले बढ्यो भने त्यसको १ बर्ष पछि नेप्से ७९ प्रतिशतले बढ्यो ।

स्रोतः नेप्से संसार

त्यसपछि भएको पहिलो संबिधान सभाको चुनावको घोषणाको समयमा नेप्से परिसूचक ९८२.३८ थियो जुन चुनावको समयमा २४ प्रतिशतले घटि ७४६.६९ अंकमा आयो । त्यसको ठ्याक्कै १ बर्ष पछि पनि नेप्से ले गति लिन सकेन थप १२ प्रतिशतले घट्यो ।

यसैगरी दोस्रो संबिधान सभाको चुनावको घोषणा गर्दा नेप्से परिसूचक ४१२.८७ थियो । चुनावको समयसम्म आइपुग्दा परिसूचक ४३ प्रतिशतले बढेर ५९१.२२ अंक पुग्यो । त्यसैका ठ्याक्कै १ बर्षपछि नेप्से परिसूचक थप ५१ प्रतिशतले बढेर ८९२.५२ अंक पुग्यो ।

ऐतिहासिक रुपमा हेर्दा सन् १९९९ को चुनावको घोषणा, चुनावको समय र त्यसको १ बर्षपछि नेप्से क्रमशः बढ्दै गरेको देखियो । त्यसपछि पहिलो संबिधान सभाको सन्दर्भमा भने चुनावलाई नेप्सेले हरियो झण्डा देखाएन । तर, दोस्रो संबिधान सभाको चुनावमा भने चुनावको घोषणा, चुनावको समय र त्यसको १ बर्ष सम्म नेप्से क्रमशः बढ्दै गरेको देखियो ।

अहिलेको स्थानीय निकायको चुनावको संदर्भमा कुरा गर्दा चुनाव घोषणा भएको दिन नेप्से परिसूचक १३६५.११ अंक थियो । त्यसपछि पहिलको चरणको चुनावभन्दा अघिको कारोबारका दिन नेप्से परिसूचक १६५८.५८ अंक छ । यो झण्डै २१ प्रतिशतको बढोत्तरी हो ।


पुष्प दुलाल