साथीमार्टको ७६औं आउटलेट मैतिदेवीमा



काठमाडौं। साथीमार्टले काठमाडौंको मैतिदेवीमा ७६औं आउटलेट सन्चालनमा ल्याएको छ ।

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल) मा रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

स्टोरमा ग्राहकले ३५ प्रतिशत सम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। त्यस्तै, ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप बिषेशता रहने छन् ।

साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब ८० लाखको लगानीमा सुरु गरिएको पोख्रेलले जानकारी दिए ।

यसै आर्थिक बर्ष भित्र फ्रेन्चाइज बाहेक साथीमार्टकै लगानीमा नेपालका विभिन्न शहरमा १० वटा आउटलेट खोलिने पनि पोख्रेलले बताए ।

एफीलीएट योजना समेत सुरु हुने भएकाले केही महिनामै थप युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ सागर पोख्रेलले बताए ।


क्लिकमान्डु