टीभीएसको अपाचे २००फोरभी बीएस-भीआई सार्वजनिक हुँदै



काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २००फोरभी आईबीए–भीआई मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले अपाचे आरटीआर २००फोरभी फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इञ्जिनसहितको नयाँ बहु–प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो ।

उक्त मोटरसाइकल बिहीबार सार्वजनिक गर्ने भएको छ । साथै टिभिएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य बिभिन्न डिजिटल माध्यमबाट गरिने भएको कम्पनीले जनाएको छ ।

टिभिएस् अपाचे आरटीआर २००फोरभी मा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

मोटरसाइकलको अर्को पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस–भीआई कम्प्लेन्ट इन्जिन रहेको छ । बीएस–भीआई कम्प्लेन्ट इञ्जिनसहितको सो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त इन्जिनहरू कार्बोरेटर इन्जिनभन्दा एकदमै शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।

यसैगरि मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने पूरै ग्राफिक्स रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको छ ।

नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरकको नेपालभर १३२ भन्दाबढी डिलरहरू छन् ।


क्लिकमान्डु