डिशहोमले पोखरामा शुरु गर्यो डिशहोम फाइबरनेट



पोखरा । डिशहोमले पोखरामा डिशहोम फाइबरनेटको औपचारिक शुरुवात गरेको छ ।

बुधबार भट्टराई एण्ड ब्रदर्श सप्लायर्समा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले डिशहोम फाइबरनेटको औपचारिक शुरुवात गरेका हुन् ।

बुधबारदेखि जडान हुने इन्टरनेटमा १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको प्याकेज रहेको छ । सहरी क्षेत्रमा शुरु भएको डिशहोम फाइबरनेट छिटै नै ग्रामीण क्षेत्रमा पनि उपलब्ध हुने बताइएको छ ।


क्लिकमान्डु