नेप्से परिसूचक ४४.१८ अंकले घट्दा कारोबार रकम समेत खुम्चियो



काठमाडौँ । सोमबार उच्च अंकले सेयर बजारमा मंगलबार नेप्से परिसूचक ४४.१८ बिन्दुले ओरालो लागेर २ हजार ९३६.६० मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ अङ्कले घटेर ५४८.३५ मा झरेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ । कूल २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूह मध्ये अन्य १९.६६ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले बढ्दा बैंकिङ ३३ं४९, व्यापार ५४.३७, होटल तथा पर्यटन १०९.१४, विकास बैंक ७१.८१, जलविद्युत् ५१.५, वित्त ४९.२१, निर्जीवन बीमा २९०.२३, उत्पादन १३३.८८, लघुवित्त १४६.७७, जीवन बीमा ३०२.८ र लगानी ०.४४ बिन्दुले ओरालो लागे ।

कारोबारका आधारमा यूनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६९२ बराबरको कारोबार भयो ।

यस्तै, अरुण भ्याली हाइड्रोपावर ३८ करोड ४२ लाख ८७ हजार ४८२, अपि पावर कम्पनी १९ करोड १२ लाख २१ हजार १३७, ज्योति विकास बैंक १७ करोड ५७ लाख ८८ हजार र रिडी हाइड्रोपावर १६ करोड ४ लाख ९७ हजार ८१५ बराबर कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सर्किट लाग्यो । युनाइटेड मोदी ७.७८, एचआइडिसिएल ५.१६, यूनिलिभर नेपाल ५.०३ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४.०१ प्रतिशतले कमाए ।

त्यस्तै, आरएमडिसी लघुवित्त ७.७३, रुरु जलविद्युत् परियोजना ७.०१, प्रोगेसिभ फाइनान्स ५.६०, फस्ट माइक्रोफाइनान्स ५.४८ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले ५.३७ प्रतिशतले गुमाए ।


क्लिकमान्डु