सम्पूर्ण अपडेट

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना

126
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टु फादर’ लेखी क्यूआर कोडमार्फत् भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइनेछ ।

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पीओएस/इकमर्शमार्फत् ३ हजार वा सो भन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाउनुहुनेछ । महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गतेसम्म चल्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।