टिम कुक सबैभन्दा सफल सीइओ



एप्पलमा एक दशकसम्म सीइओ रहेका टिम कुकले एप्पललाई सबैभन्दा मूल्यवान् कम्पनी बनाउँदै अहिलेसम्मकै सफल सिइओ बनेका छन् ।

उनले कमाइमा पनि जेफ बेजोस र वारेन बफेटलाई समेत पछि पारेका छन् । टिमको तलव सन् २०२०/२०२१ मा २६५ मिलियन डलर थियो, अहिले उनको सम्पत्ति १ अर्ब डलरमाथि पुगेको छ ।

कम्पनीप्रति समर्पण, बिस्तार र त्यसलाई पूर्णसंयमताका साथ चलाउनका लागि हरेक दिन नयाँ आविष्कार गर्ने बानीले नै उनलाई सफलतामा पुर्याएको हो ।

‘स्टिब जब्सले जे गरे मैले सँधै त्यसको विपरीत गर्ने कोशिस गरेँ र यसमा सफल पनि भएँ’ टिमले भने ।

एप्पललाई लामो समयसम्म हेरिरहेका ह्यारिस डेडियुका अनुसार स्टिब जब्स र टिम कुकमा आकाश पातालको फरक छ । स्टिब जब्स ब्रह्माण्डलाई चिर्न चाहन्थे भने टिम कुक संसारलाई सुन्दर र समृद्ध बनाउन चाहन्छन् । टिम कुक स्टिब जब्सबाट प्रभावित नभएपनि कुकले गरेको परिवर्तनबाट एप्पललाई फाइदा भइरहेकै छ ।

टेक कम्पनीले संस्थापककै जस्तो व्यवहार भएको मान्छे खोजिरहनुपर्दैन भन्ने शिक्षा टीम कुकको सफलताले दिन्छ ।


क्लिकमान्डु