नेको इन्स्योरेन्सको नाफा १५.४९% ले बढ्यो



काठमाडौं । नेको इन्स्योरेन्सले आव २०७७/७८ मा ५४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा २ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ७ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ५ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १२ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १ अर्ब ७ करोड ६८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने १ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ५ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ४१ रुपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ३४ पैसा, पिई रेसियो ३२.८५ गुणा, प्रतिसेयर कुल सम्पत्ति ४६९ रुपैयाँ ९९ पैसा रहेको छ ।


क्लिकमान्डु