सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आव २०७७/७८ मा ३० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड २ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब १ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ९ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १ अर्ब २६ करोड ६१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ३ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा, पिई रेसियो ३९.१९ गुणा, प्रतिसेयर कुल सम्पत्ति ४३५ रुपैयाँ ४४ पैसा रहेको छ ।


क्लिकमान्डु