एभरेष्ट इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आव २०७७/७८ मा २० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २० करोड २६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा १ अर्ब १ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब १८ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३८ करोड ३३ लाख रुपैयाँ, बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ५ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ८९ करोड ३७ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ९५ करोड ३७ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत २ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४४ पैसा, पिई रेसियो ४३.४८ गुणा, प्रतिसेयर कुल सम्पत्ति २२५ रुपैयाँ ५१ पैसा रहेको छ ।


क्लिकमान्डु