भोजडिलबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने



काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र भोजबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एपमार्फत् सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत् खरिद गर्दा ५०० रुपैयाँ नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नुहुनेछ । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागू हुनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई पे’को भुक्तानी सेवासंगै २० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

सेवा शुरुवात गरिएको उपलक्ष्यमा बोल्दै भोज्का सह–सस्थापक निकेत अग्रवालले भोजडिल्सबाट खरिद गर्दा ‘आइएमई पे’मार्फत् भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु