उच्च विन्दुमा नेप्से परिसूचक, करिब ११ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेको छ । सोमबार नेप्से ४.०४ अंकले बढेर ३०८५.०७ अंकमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३ अंकले बढेको छ ।

सोमबार २२६ कम्पनीका १ लाख ५ हजार ५७९ पटक सेयर कारोबार भएको छ । २ करोड १८ लाख ९४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ९८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैंक फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन मूलक, लगानी उपसमूहको सेयर मूल्य बढेको छ । माइक्रोफाइनान्स उपसमूह १२४.९३ अंकले बढेको छ । लाइफ इन्स्योरेन्स उपसमूह ९०.५७ अंकले घटेको छ ।

घलेम्दी हाइड्रो लिमिट, गुरास लघुवित्त वित्तीय संस्था, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र यूनिभर्सल पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल हाइड्रो डेपलपर्स र यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।


क्लिकमान्डु