सिद्धार्थ बैंकका सीइओ गौतमले दिए राजीनामा, कँडेल कामू सीइओ
काठमाडौं । सिद्धार्थ बैंकका सीइओ शम्भुनाथ गौतमले राजीनामा दिएका छन् । गौतमको कार्यकाल साउन २५ गतेदेखि पूरा हुने भएपछिगौतमले राजीनामा दिएका हुन् ।
बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई कामू सीइओको जिम्मेवारी दिएको छ ।