क्रिकेट संघले आयोजना गर्ने सबै खेल एक्सन स्पोर्टसले प्रशारण गर्ने



काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबीच हुने घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ ।

साउन ८ गते डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अन्तर्गत क्रिकेट संघले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरी ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले यस सम्झौतापछि क्रिकेटप्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाइमा पुर्याउने बताए ।


क्लिकमान्डु