सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिनहरु बजारमा



काठमाडौं । सीजीले युरोपमा डिजाइन र उत्पादन गरिएका वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ ।

युरोपमा उत्पादन भएका कारण यी सामग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै आकर्षक स्वरुपमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । वासिङ मेसिनको विशेषताको बारेमा कुरा गर्दा यसमा डिजिटल ड्राईभ मोटर रहेको छ, जसले विजुलीको बचत गराउछ भने यो शान्तरुपमा पनि चल्ने गर्दछ ।

यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ । जसले तपाईको कपडालाई हेरचाह गरी सफासँग धुने र कपडाको आयु पनि बढाउँदछ । यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ । यो प्रोग्रामले कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरुलाई हटाई कपडालाई स्वच्छ राख्छ । यो वासिङ मेसिन बुम¥याङ बडि सेपमा रहेको हुनाले भाइब्रेसन कम हुने गर्दछ ।

यसमा इकोलोजी सिस्टम पनि रहेको छ । यो सिस्टमले गर्दा मेसिन कम लोडमा चलाउदा पनि विजुली तथा पानी कम खाने गर्दछ । यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरु राखिएको छ । उपभोक्ताले आफ्नो इच्छा अनुसार कुनै पनि प्रोग्राम छनोट गर्न सक्नेछन् । यो वासिङ मेसिनले कपडा धोई सकेपछि आफै भित्र नै कपडालाई सुकाई दिने भएकोले यो मनसुन मौसमा एकदम नै उपयोगी हुनेछ । कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेण्टी समेत प्रदान गरेको छ ।

यस्तै अर्को युरोपमा डिजाइन र उत्पादन गरिएका डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको छ ।

उपभोक्ताले आवश्यकताअनुसार खरिद गर्न सक्नेछन् । यसमा डिस्प्ले स्किृन तथा टच स्किृन भएका हुनाले डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आवश्यकता अनुसार प्रयोगगरी भाँडाहरुलाई सफा गर्न सकिन्छ ।

यी दुवै मोडलमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वीएलडीसी टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सनलगायत विशेषता छन् ।
स्टिम वासको सहायताले कट–कटिएका भाँडाहरु, जुन हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्नगरी हाईजिनिक राखि सफा नतिजा दिन्छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजी रहेको छ । यो विशेषताको कारण धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त हुन सकिन्छ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्र रहेको बाफहरुलाई बाहिर निकालेर बाहिरको हावाभित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

वीएलडीसी टेक्नोलोजि वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ । जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ ।

ड्युल प्रो वासको मद्दतले भाँडालाई दुई वटा छुटाछुट्टै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले यदी भाँडाहरु थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सकिन्छ । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ ।

अब डिसवासरको खरिदमा तपाईले १५ प्लेस सेटिङमा ३ वर्षको मोटर वारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाउन सकिन्छ ।


क्लिकमान्डु