सूर्य चुरोटको मूल्य प्रतिबट्टा १५ रुपैयाँले बढ्यो



काठमाडौं । सूर्य नेपाल प्रालिले आजबाट उत्पादित चुरोटहरूको मूल्य बढाएको छ । कम्पनीले सूचना जारी गर्दै नयाँ मूल्य तोकेको हो ।

कम्पनीले सार्वजनिक गरेको मूल्य सूचिअनुसार सूर्य २४ क्यारेट ब्लू, सूर्य २४ क्यारेट किंग्स, सूर्य २४ क्यारेट आर्कटिक बस्र्टको बट्टामा १५ रुपैयाँले बढाएको छ ।

कम्पनीले यसअघि उत्पादित विभिन्न प्रकारको चुरोटको मूल्य उपभोक्तालाई प्रति बट्टा २ सय ८० रुपैयाँमा बिक्री गर्दै आएकोमा अहिले १५ रुपैयाँले बढाएर २ सय ९५ रुपैयाँ तोकेको छ ।

त्यस्तै कम्पनीले सूर्य २४ क्यारेट ब्लू, सूर्य २४ क्यारेट किंग्स,सूर्य २४ क्यारेट आर्कटिक बस्र्टको थोक बिक्रेता मूल्य १३ हजार ३ सय ८०, दोस्रो थोक विक्रेता मूल्य १३ हजार ६ सय ७ र खुदा्रा विक्रेता मूल्य १३ हजार ७ सय ४४ रुपैयाँ तोकेको छ ।

त्यसैगरी कम्पनीले सूर्य लेजेन्डको मूल्य ३ सय रुपैयाँ तोकेको छ । उक्त चुरोटको थोक विक्रेता मूल्य १३ हजार ३ सय ७१ रुपैयाँ, दोस्रो थोक विक्रेता मूल्य १३ हजार ६ सय २० र खुद्रा विक्रेता मूल्य १३ हजार ७ सय ६१ रुपैयाँ उल्लेख गरेको छ ।

साथै, कम्पनीले खुकरी फिल्टर र खुकुरी मेन्थोलमा उपभोक्तालाई प्रति बट्टा मूल्य ४ रुपैयाँ बढाएको छ । यसअघि ९४ रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएकोमा कम्पनीले मूल्य बढाएर अहिले ९८ रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु