युनियन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ७० हजारको आवेदन रद्द



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

बिहीबार भएको बाँडफाँटमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदनमध्ये दोहोरो आवेदनका कारणबाट रद्द भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्द भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई बाँडफाँट गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गते देखि २८ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल सेयर ६४ लाख ५० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५ सय कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५ सय कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ५.९२ गुणासम्म आवेदन परेको थियो ।

बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/एवं युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट https://iporesult.unionlife.com.np बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।


क्लिकमान्डु