प्रि-ओपनिङमा ११ अंकले बढ्यो नेप्से, २३ वटा कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.०३ अंकले बढेर २८८२.०७ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ३५ वटा कम्पनीको कारोबार भएको छ । जसमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा मात्रै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

जसमा सबैभन्दा बढी कमाउने कम्पनीमा ज्योति लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, सोल्टी होटल, महालक्ष्मी विकास बैंक, युनियन हाइड्रोपावर, बेस्ट फाइनान्स, मञ्जुश्री फाइनान्स लगायतका कम्पनी छन् । भने गुमाउने कम्पनीहरुमा बरुण हाइड्रोपावर, सेञ्चुरी बैंक, छ्यााङदी हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स कम्पनी र युनिभर्सल पावर कम्पनी लगायतका छन् ।


क्लिकमान्डु