प्रतिनिधिसभा पुनर्स्थापनको असर सेयर बजारमा, ४५.०६ अंकले घट्यो नेप्से



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेसँगै त्यसको असर सेयर बजारका लगानीकर्तामा देखिएको छ । सोमबार प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै सेयर बजारमा पहिरो गएको छ ।

सोमबारको कारोबारमा नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७० विन्दुमा सीमित भएको छ । यो दिन २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९ अर्ब ९८ करोड २६ हजार ५२६ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ३१ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सब इन्डेक्सतर्फ म्यूचुअल फण्डबाहेक सबैमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सप्तकोसी विकास बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, सेञ्चुरी बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ भने सबैभन्दा बढी गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, ओरियन्टल होटल्स, माहुली सामूदायिक लघुवित्तलगायतका कम्पनी छन् ।


क्लिकमान्डु