तेह्रथुप पावर कम्पनीले आयोजना प्रभावितलाई साउन ५ देखि आइपीओ जारी गर्ने



काठमाडौं । तेह्रथुप पावर कम्पनीले आयोजना प्रभावितका लागि साउन ५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ मूल्य अंकित भएको ४ लाख कित्ता सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी गर्ने आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको आइपीओ निष्कासन छिटोमा साउन १९ गते र डिलोमा भदौ २ गते बन्द हुनेछ ।

कम्पनीका अनुसार माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ८८ लाख ९३ हनार ३३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

कम्पनीको सञ्चालकहरुमा तेह्रथुपकै भूपतिलाल श्रेष्ठ, मोहन कुमार डाँगी, भवानी प्रसाद खापुङ, लछुमन तिवारी, शिवनाथ खापुङ र यादवबहादुर खापुङ छन् ।


क्लिकमान्डु