मसान्तको चटारोमा वित्तीय क्षेत्रका कर्मचारीले शुरु गरे ‘सासु’विरुद्ध देशव्यापी आन्दाेलन



काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले हातमा कालोपट्टी बाँधेर देशव्यापी आन्दोलन शुरु गरेका छन् । कर्मचारीहरुले सामाजिक शुरक्षा कोषमा आवद्धताको अन्तुष्टि जनाउँदै आइतबारदेखि देशव्यापीरुपमा आन्दोलन शुरु गरेका हुन् ।

कोषले वित्तीय क्षेत्रको मागलाई संबोधन नै नगरी जबरजस्ती आवद्धता गराउन खोजेको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघको अगुवाइमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका कर्मचारीले देशव्यापी रुपमा आन्दोल शुरु गरेका हुन् ।

‘द्वन्द्ध होइन सामाधन चाहन्छौँ’ भन्दै हातमा कालोपट्टी र कालो ब्यानर प्रदर्शनी गरी भएरहेको वित्तीय क्षेत्रको कर्मचारकिो आन्दोलनले पुर्याउने क्षतिको जिम्मेवार कोष नै हुने कर्मचारीको भनाइ छ ।

सरकारको साल तमाम तथा बैंक तथा वित्तीय संस्थाहरुको बार्षिक हिसाव मिलानको समय वित्तीय क्षेत्रका कर्मचारीलाई कोषले सडकमै उत्रिन बाध्य बनाएको संघको भनाइ छ ।

असार दोस्रो सातादेखि नै सबै वित्तीय क्षेत्रका कर्मचारीहरुले आलोपालो गर्दै कोषमा आवद्धता हुन नसक्ने कारण देखाँउदै कालो ब्यानर प्रदर्शनी गरी शान्तीपुर्ण आन्दोलन गरिरहेका छन् । जसलाई निरन्तरता दिँदै थप आइतबारदेखि बुधबारसम्म आ-आफ्नो कार्यलयमा कालोपट्टी बाँढेर बिहान १० बजेदेखि १०.१५ सम्म आन्दोलन गर्न थालेका हुन् ।

कालो ब्यानर कालो जसमा थप आन्दोलनलाई कर्मचारीको अन्तुष्टि रहेको कोषको ऐन र कार्यविधि संशोधनको माग गरिएका कालो ब्यानर देखाउँदै ३ दिन कोष विरुद्ध संकेतिक आन्दोलन गर्ने बताएउको छ ।

आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अवस्थाको लागि मानसिक रुपमा समेत तयार रहन सम्पूर्ण वित्तीय क्षेत्रका कर्मचारीलाई संघले आग्रह गरेको छ ।

 


पुष्प दुलाल