समृद्धि फाइनान्सले अवितरित ११ लाख ३५ हजार कित्ता हकप्रद बोलकबोलमार्फत् बिक्री गर्ने



काठमाडौं । समृद्धि फाइनानसले अवितरित ११ लाख ३५ हजार ५५८ कित्ता हकप्रद सेयर बोलकबोलमार्फत् बिक्री गर्ने भएको छ ।

कम्पनीले असार ३ गतेदेखि असार १० गतेसम्म बोलपत्र आह्वान गरिएकोमा उक्त समयसीमाभित्र बिक्री नभएको संस्थापक समूहको उक्त कित्ता सेयर बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो ।

यसका लागि असार २९ गतेदेखि साउन ५ गतेसम्म बिक्री खुला गरिनेछ । बोलकबोलमार्फत् बिक्री गरिने सेयरको मूल्य प्रतिसेयर १ सय रुपैयाँभन्दा बढी हुनुपर्नेछ । एकै व्यक्ति फर्म कम्पनी वा संस्थाले एकभन्दा बढी बोलपत्र पेश गर्न पाइन छैन् ।

लागनी व्यवस्थापकहरुले आफ्ना ग्राहकका नाममा आवेदन गर्दा आफ्नो आधिकारिक पत्रमार्फत् तोकिए अनुरुपको सूची बनाइ सम्पूर्ण आवेदकहरुको लागि गरिने लगानी रकम व्यवस्थापकले एउटा चेकमार्फत् पेश गर्न सक्नेछन् ।

बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु