सुस्तायो सेयर बजार, ११.७८ अंकले नेप्से घट्दा कारोबार रकम साढे ४ अर्बमा सीमित



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ११.७८ अंकले घटेर २८२२.७३ अंकमा सीमित भएको छ । यो दिन अधिकांश कम्पनीको सेयर मूल्य घट्दा कारोबार रकम पनि निकै खुृम्चिएको छ ।

केही साता अघिसम्म दैनिक १७ अर्बभन्दा बढीको कारोबार हुँदै आएको पुँजीबजारमा सोमबार कारोबार रकम ४ अर्ब ५८ करोडमा सीमित भएको छ । यो दिन १ करोड ६ लाख ३ हजार ६३६ कित्ता कारोबार भएको छ ।

यो दिन १७१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ त्यसैगरी १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन लगानी, म्युचुअल फण्ड, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङ समूहबाहेकमा सब इन्डेक्समा गिरावट देखिएको छ ।

यो दिन विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ८७९ रुपैयाँ पुगेको छ । त्यसैगर एचडीएलको सेयर मूल्य ८.०२ प्रतिशतले बढ्दा छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले बढेको छ ।

साथै सबैभन्दा बढी गुमाउने कम्पनीमा गोर्खा फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनीलगायतका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ष्टिलरी, माथिल्लो तामाकोसी, नेपाल बैंक, निफ्रा र नेपाल टेलिकम सबैभन्दा अगाडि छन् ।


क्लिकमान्डु