ज्योति विकास बैंकको डेढ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री आजदेखि
काठमाडौं । ज्योति विकास बैंकले डेढ अर्ब रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको छ ।
बैंकले १० वर्ष अवधिको लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको हो ।
‘ज्योति विकास बैंक बण्ड २०८७’ नामक सो ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ मूल्य अंकित गरिएको छ । कुल निष्काशन गरिएको ऋणपत्रमा ९० लाख रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने, बाँकी ६० करोड रुपैयाँ बराबरको ऋणपत्रमा ५ प्रतिशत अर्थात् ३० लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ऋणपत्रमा सार्वसाधारणले न्यूनतम २५ कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
उक्त ऋणपत्र बिक्री प्रबन्धमा एनआईबिएल एस क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि–आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत्, बैंकको वेवसाइट र एनआईबिएल एस क्यापिटलको वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् । ऋणपत्रमा सर्वसाधारणले साउन ३ गतेसम्म आवेदन दिनसक्नेछन् ।