थप ४ जिल्लाको मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले थप ४ जिल्ला मालपोत कार्यलयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ ।

विभागले आइतबारदेखि दैलेखको दुल्लु, बाजुर, अछाम र सोमबार तेह्रथुमको संक्रान्तिबजार मालपोत कार्यालयमा सो प्रणाली सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यालहरूको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डे र विभागका महानिर्देशक शेषनारायण पौडेलले भर्चुअलबाट उद्घाटन गरेको हो ।

देशभर १ सय २६ वटा भूमिसुधार÷मालपोत कार्यालयहरूमध्ये यस अघिनै १ सय ८ वटा कार्यालयमा उक्त प्रणाली सञ्चालन थियो । विभागले ४ वटा कार्यालयमा भू–अभिलेख सूचना प्रणाली सञ्चालनमा ल्याएसँगै अहिले सो प्रणाली सञ्चालन रहेको मालपोत कार्यालयको संख्या १ सय १२ वटा पुगेको छ ।

त्यस्तै, क्रमशः चालु आर्थिक वर्ष भित्रमा देशभरका सबै मालपोत कार्यालयमा सो प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।


क्लिकमान्डु