जीवन विकास लघुवित्तको आइपीओमा करिब २१ लाखले दिए आवेदन
काठमाडाैं । जीवन विकास लघुवित्त कम्पनीको आइपीओमा मंगलबार साँझ ५ः४५ बजेसम्म २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यो हालसम्मकै आइपीओ परेको सबैभन्दा धेरै आवेदन हो ।
यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४२ हजार ४८० आवेदन दिएका थिए ।
कम्पनीको आइपीओमा कुल ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको हो ।
कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ ।
त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।