कृषि विकास बैंकको ऋणपत्रको रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल नियुक्त
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ७ वर्षे अवधि भएको ६ अर्ब रुपैयाँ बराबरको कृषि ऋणपत्रको रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल नियुक्त भएको छ ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।
सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञप्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।