मंगलबारदेखि काठमाडौंमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात चलाउन पाइने



काठमाडौं । मंगलबारदेखि काठमाडौँ उपत्यकामा २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक साधन सञ्चालनमा आउने भएका छन् । तर, त्यसमा पनि जोर बिजोर प्रणाली अवलबन गरिने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दुरी कायम हुने गरी गर्न भनिएको छ ।

कूल सिट क्षमता भन्दा बढी संख्या राख्न पाइनेछैन । चालक,सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।

सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरिएको हो । गत वैशाख १६ गतेदेखि सार्वजनिक सवारी साधन चलाउन रोकिएको थियो ।


पुष्प दुलाल