जीवन बीमा कम्पनीले ११ महिनामा संकलन गरे १ खर्बबढी बीमा शुल्क, सबैभन्दा धेरै नेपाल लाइफको



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले प्रथम, नवीकरण र वैदेशिक रोजगारी बीमा गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांक अनुसार गत असार मसान्तदेखि चालु आवको जेठ मसान्तसम्म कम्पनीहरुले प्रथम बीमा शुल्क ३५ अर्ब १९ करोड रुपैयाँ, नविकरण बीमा शुल्क ६६ अर्ब ५८ करोड रुपैयाँ र वैदेशिक रोजगारी गरी ५७ करोड रुपैयाँ गरी १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ संकलन बीमा शुल्क गरेका हुन् ।

सञ्चालनमा रहेको १९ बीमा कम्पनीमध्ये २ वटा कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी, ४ वटाले ५ अर्ब रुपैयाँदेखि १० अर्ब रुपैयाँसम्म, १२ वटाले १ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म र १ वटाले १ अर्ब रुपैयाँभन्दा कम बीमा शुल्क आर्जन गरेका छन् ।

प्राप्त तथ्यांकअनुसार चालु आवको जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ भने सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले संकलन गरेको छ ।

सो अवधिमा नेपाल लाइफले २७ अर्ब ५७ करोड रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, सो अवधिमा सबैंभन्दा धेरै बीमा शुल्क संकलन गर्नेको दोस्रो नम्बर सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन १४ अर्ब ६९ करोड रुपैयाँ र तेस्रो नम्बरमा नेशनल लाइफले ९ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी चालु आवको ११ महिनामा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २६ करोड रुपैयाँ, युनियन लाइफले ५ अर्ब ७० करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ४ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा सूर्या लाइफले ३ अर्ब ६१ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ३५ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब १७ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, चालु आवको जेठ मसान्तसम्म रिलायबल नेपाल लाइफले २ अर्ब ६४ करोड रुपैयाँ, ज्योति लाइफको २ अर्ब ६१ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ९ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८६ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु