सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम ७ अर्बमा सीमित

490
Shares

काठमाडौं । सेयर बजार ओरालो लाग्ने यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागिरहेको सेयर बजारमा मंगलबार बाउन्स ब्याक देखिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन ।

बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा सीमित भएको छ । यो दिन कारोबार संख्या र रकममा पनि भारी गिरावट देखिएको छ । यो दिन १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७३९.५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा ३३ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सब इन्डेक्सतर्फ ट्रेडिङ । जलविद्युत् कम्पनीमा वृद्धि देखिएको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।

यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी ९.८८ प्रतिशत, समृद्धि फाइनान्स २.८६ प्रतिशत, रुरु जलविद्युत् परियोजना २.५६ प्रतिशत, कृषि विकास बैंक २.३४ प्रतिशत, नेपाल हाइड्रोपावर डेभलपमेन्ट डेभलपर्स कम्पनीको २.३३ प्रतिशतले बढेको छ ।

साथै बढी गुमाउने कम्पनीहरुमा न्याग्दी ग्रुप पावर, वरुण हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंकलगायतका छन् ।

Skip This