नेप्सेमा सामान्य गिरावट, १० अर्ब ९० करोडको कारोवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा जोखिम रहेको बताएको दोस्रो दिन बिहिबार कारोवार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२९ अंकले ओरालो लागेर २ हजार ९६८.४३ मा ओर्लेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत ०.५३ अंकले घटेर ५४१.१२ मा सिमित भएको छ ।
कूल २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ मा खरिद बिक्री भए ।
कारोवार भएका १३ उपसमूह मध्ये लघुवित्त समूहको सेयर सबैभन्दा बढी अंकले घटेको छ । सो समूह ६४.७४ ले घट्दा बैंकिङ १०.६ , व्यापार १४.६७, जलविद्युत् २.९५, उत्पादन ११.८४, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.२१ अंकले घटेको छ ।
होटल तथा पर्यटन ३६.६, विकास बैंक ९४.२५, फाइनान्स ३३.६६, निर्जीवन बीमा ५२.९८, अन्य २६.७२, जीवन बीमा १५.०५ ले बढेको छ ।
कारोवार भएका मध्ये ९६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८१ कम्पनीको भने बढेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७७ करोड ३७ लाख ३९ हजार बराबरको कारोवार भयो ।
यस्तै, नेशनल हाइड्रोपावरको ३० करोड बराबरको कारोवार हुँदा नेपाल इन्स्योरेन्स को २७ करोड ३९ लाख २९ हजार ५३१ र नेपाल पूर्वाधार बैंकको २४ करोड ५४ लाख ५० हजार ७०८ र हिमालयन डिस्टिलरीको २४ करोड २१ लाख ५७ हजार बराबरको कारोवार भयो ।
खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.४२ प्रतिशतले कमाउँदा नेपाल फाइनान्स ५.६१, कर्णाली डेभलपमेन्ट बैंक ५.२३, सोल्टी होटल ५.१३ र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ५.०४ प्रतिशतले आर्जन गरे ।
सिइडिबि हाइड्रोपावर ६.५५, छ्याङदी हाइड्रोपावर ३.५१, ङादी पावर ३.४७, माउण्टेन इनर्जी ३.४२ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले २.६१ प्रतिशतले गुमाए ।