सेबोनले भन्यो- प्राविधिक विश्लेषण गरी लगानी गर्नुहोस्, कर्नरिङबारे अध्ययन गर्दैछौं

357
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा कर्नरिङ भइरहेको भन्ने गुनासा प्राप्त भएकाले त्यसमा अध्ययन शुरु गरेको बताएको छ ।

आज एक सूचना जारी गर्दै बोर्डले दोस्रोब जारमा कारोबार वृद्धिँगै सेयर कर्नरिङ, सर्कुलर, ट्रेडिङ भएका गुनाहरु पनि प्राप्त भएकाले बोर्डले यस सम्बनधमा अध्ययन शुरु गरेको बताएको छ । साथै यस प्रकारको अध्ययनका लागि केही समय लाग्ने पनि स्पष्ट परेको छ ।

बोर्डले लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृश्य, सूचिकृत संगठित संस्थाहरुको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपाात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिका आधारमा मात्रै लगानी गर्न आग्रह गरेको छ ।

Skip This