नबिल बैंकको एटिएम फुटाउने पक्राउ
काठमाडौं । गए राति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नेबिल बैंकको एटिएम मेशिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार गए राति एक युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि म्यानेजरलाई खबर गरेका थिए ।
म्यानेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए ।
भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए । अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भन्नेबारे अनुसन्धान शुरु गरिएको छ ।