बैंक, बीमा, विमानस्थल, होटललगायत २५ स्थानमा हड्ताल गर्न नपाइने (सूचिसहित)



काठमाडौं । सरकारले विभिन्न २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी गरेको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैंक, बीमा, अस्पताल, होटल, विमानस्थ, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो ।

सरकारले यी क्षेत्रलाई अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरेको हो ।

साथै राहदानी विभागबाट प्रदान हुने सेवा, मास्क सम्बन्धि सेवा, विद्युत् सेवा, बीमा सेवा, ह्यान्ड सेनिटाइजर सम्बन्धि सेवामा पनि हड्ताल गर्न पाइने छैन ।


क्लिकमान्डु