चीनबाट पहिलो चरणमा ८ लाख डोज खोप नेपाल आइपुग्यो



काठमाडौं । चीन सरकारले नेपाललाई दिन भनेको अनुदानको खोपमध्ये पहिलो चरणको खोप नेपाल आइपुगेको छ । मंगलबार दिउँसो नेपाल एयरलाइन्सले चीनबाट खोप ल्याएको हो ।

सोमबार खोप लिन चीन गएको नेपाल एयरलाइन्सले मंगलबार दिउँसो ८ लाख डोज खोप लिएर आएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँगको फोनवार्तामा खोपका लागि गरेको आग्रहपछि चीन सरकारले १० लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको थियो । बाँकी खोप पछि ल्याइनेछ ।


क्लिकमान्डु