सेयर बजार राताम्मे, नेप्से परिसूचक ४५ अंकले घट्दा सवा १३ अर्ब बढीको कारोबार
काठमाडौं । बजेट सार्वजनिक भएको भोलिपल्ट हरियाली छाएको सेयर बजारमा सोमबार भने राताम्मे भएको छ ।
अधिकांश कम्पनीको सेयर मूल्य आरोलो लाग्दा नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा झरेको छ ।
यो दिन १६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा कुल २ करोड ९५ लाख ११ हजार ६२२ कित्ता सेयर १३ अर्ब ३६ करोड ७९ लाख ४१ हजार ९५६ रुपैयाँमा कारोबार भएको छ ।
उपसमूहतर्फ म्यूचुअल फण्डबाहेक सबै घटेको छ । जसमा सबैभन्दा धेरे जलविद्युत र ट्रेडिङ उपसमूहमा गिरावट देखिएको छ ।
यो दिन सबैभन्दा बढी कमाउने कम्पनीमा राधी विद्युत् कम्पनी, सेन्ट्रल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास कम्पनी, गुँरास फाइनान्स र सोल्टी होटल छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, छ्याङदी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड कमपनी छन् ।