एक वर्षमा सेयर बेच्नेले तिर्ने लाभकर बढ्यो, दीर्घकालिन लगानीकर्तालाई प्रोत्साहन



काठमाडौं । सरकारले सेयर बजारमा दीर्घकालिन लगानीकर्तालाई प्रोत्साहन दिदै अल्पकालिन लगानीकर्तालाई बढी कर लगाउने नीति लिएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट मार्फत अल्पकालिन लगानीकर्तालाई बढी लाभकर लगाउने नीति लिएका छन् ।

बजेटसँगै आउने आर्थिक अध्यादेशको आयकर ऐनमा संसोधन गर्दै सरकारले एकवर्ष कम अवधीमा सेयर बेच्ने लगानीकर्तालाई  साढे ७ प्रतिशत पूँजीगत कर   लगाउने नीति लिएको छ ।

यस्तै एकवर्षभन्दा बढी समय होल्ड गरेर सेयर बेच्दा आउने लाभमा सरकारले  ५ प्रतिशत पूँजीगत लाभकर  लगाउने छ ।


क्लिकमान्डु