शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने
काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवलाई सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ ।