राष्ट्र बैंकको निर्देशनको देखिएन असर, कोरोबार संख्या र रकममा नयाँ रेकर्ड



काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनपछि पनि सेयर बजारमा न्यून असर देखिएको छ । बिहीबार १.२० अंकले घटेर नेप्से २८१५.४० अंकमा झरे पनि कारोबार संख्या र कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ ।

यो दिन ४ करोड १८ लाख १३ हजार १४४ कित्ता सेयर १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँ २४ पैसामा किनबेच भएको छ ।

उपसमूहतर्फ ट्रेडिङ समूह ६.७२ प्रतिशतले बढेको छ भने हाइड्रोपावरतर्फ ४.५७ प्रतिशत, विकास बैंकतर्फ ३.४३ प्रतिशत, फाइनान्सतर्फ २.२८ प्रतिशतले बढेको छ । साथै माइक्रोफाइनान्स ३.४१ प्रतिशतले घटेको छ ।

यो दिन खानीखोला हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर र नेपाल हाइड्रोपावर डेभलपर्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

साथै अरुण काबेली पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, राधी विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट देखिएको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा समता घरेलु लघुवित्त, मेरो फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, एनआइसी एशिया लघुवित्त र नेरेडु लघुवित्त विकास बैंक छन् ।

यो दिन १०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


क्लिकमान्डु